Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २०, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

राष्ट्रपतिका लागि पाँचजनाले भरेका थिए फारम, तीनजनाले प्रस्तावक र समर्थक नै पाएनन्

गोरखापत्र दैनिकबाट काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन १४, आईतबार (२ साल अघि)
Shital Niwas, rastrapati niwas

  • ५६२ पटक पढिएको
  • गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।

    निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि ३ बजेभित्र दुई जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ। फागुन २५ गते हुने मतदानका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।

    राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउन पाँच जना आकाङ्क्षी पुगेका थिए । पाँचै जनाले मनोनयन दर्ता फाराम लगे पनि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भयो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेघराज आचार्य, राजीराय यादव र लक्ष्मी प्रसादले उम्मेदवारी दर्ता गराउने भन्दै मनोनयन फाराम लगेका थिए। तर प्रस्तावक र समर्थक नपाएपछि उनीहरूको उम्मेदवारी दर्ता भएन।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन–२०७४ का अनुसार दुवै पदमा उम्मेदवारी दिन पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक हुन्छ। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दिँदा आवश्यक पर्ने प्रस्तावक र समर्थक भने ऐनबमोजिम आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा समाविष्ट ८८२ मतदातामध्येका व्यक्ति नै हुनुपर्छ। दुवै पदको मतदाता सङ्घीय संसद् वा प्रदेश सभाका सदस्य रहने व्यवस्था छ।

    प्रस्तावक र समर्थक नपाएकाले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेको आचार्यले बताए। राजीराय यादव र लक्ष्मी प्रसादले पनि प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी दर्ता गराउन पाएनन्। निर्वाचन अधिकृतको कार्यालयकी प्रवक्ता अमृता भण्डारीले आचार्यको निवेदन रितपूर्वक नआएको र बाँकी दुई जनाले मनोनयन फारम लगे पनि दर्ता गराउन नआएको जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा
    हरप्रहर

    सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा

  • चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड
    हरप्रहर

    चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड

  • बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
    हरप्रहर

    बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

  • मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने
    हरप्रहर

    मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution