काठमाडौको सामाखुसी बाट नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवि खोलेगाउँमा यातायात सञ्चालनका लागि समिति गठन तथा नयाँ भाडादर कायम गरिएको छ।
शिवपुरी गाउँपालिका वडा नं ६ का अध्यक्ष बिष्णु श्रेष्ठले दिएको जानकारी आनुसार काठमाडौको सामाखुसी चोकलाई जिरो पोईन्ट मानि खोलेगाउँ जिरो किमि बाट रु १५०, बुडौलिपसल मानेबाट सामाखुसी १४०, आईतरामपाटि स्यालपिङ खोलाबाट सामाखुसी १२०, अर्खौलेबाट समाखुशी १००, गुर्जेबाट सामाखुसी ८० रुपैया कायम गरिएको छ ।
बस सञ्चालनका लागि समिति गठन गरेको र अध्यक्षमा रत्नमान तामाङ रहेका छन् । बस छुटने समय तालिका विहान ७:३० बजे, दिउँसो ११ बजे, दिउँसो १ बजे र बेलुकी ४ बजे रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३