अर्थमन्त्री डा. प्रकाश शरण महत शेराबगर बिकास समाजको आयोजनामा माघ १ गते हुने गोरु जुधाई तथा विविध सांस्कृतिक कार्यक्रममा प्रमुख आतिथीकाे रूपमा आउने भएका छन् ।
अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, उपाध्यक्ष बिर बहादुर तामाङ, ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको विशेष आतिथ्यतामा उक्त कार्यक्रम हुन लागेको हो ।
नुवाकोट जिल्ला र शिवपुरी गाउँपालिकाको ऐतिहासिक पहिचानको रुपमा रहेको परम्परागत गोरु जुधाई कार्यक्रममा चर्चित गायक गायिका तथा कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछ ।
समाजका अध्यक्ष अभियान आचार्यका अनुसार सरोज लामिछाने, रामहरी भण्डारी, जालुमाया गुरुङ, रवि कार्की, देविका केसी, मिलन श्रेष्ठ, रामशरण आलेमगर, अर्चना स्याङतान, निसा बिसी लगायतका गायकगायिकाहरु र आस्था कला केन्द्रका कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछ ।
शेराबगर बिकास समाजको आयोजनामा प्रत्येक वर्ष गोरु जुधाउने कार्यक्रम आयोजना हुने गरेको थियो । तर विगत दुई वर्ष भने यो कार्यक्रम हुन सकेन ।
गोरु जुधाउने प्रतियोगितामा प्रथम हुने गोरु धनीले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३