ताप्लेजुङ समाज नेपालले काठमाडौ धुमबहारी स्थित एस आर पार्टी प्यालेसमा गर्न लागेको ल्होसार तथा बुबा सम्मान कार्यक्रम मनाउने भएको छ ।
प्रत्येक वर्ष नेपालीहरुको मौलिक चाड मनाउदै आएको समाजले यस पटक बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न ल्होसारको उपलक्ष्यमा यहि फाल्गुन ५ गते शनिबार सयुक्त ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक रमेश बरालले बताए । काठमाडौमा विभिन्न पेशा ब्यवसाय र अध्ययनको शिलशिलामा आएर बसोबास गर्ने ताप्लेजुङबासीको साझा संस्थाको रुपमा रहेको ताप्लेजुङ समाजले प्रत्येक वर्ष नेपालीहरुको मौलिक चाडमध्ये यस पटक ल्होसार कार्यक्रमको आयोजना गर्न लागेको ताप्लेजुङ समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेले जानकारी दिए।
ल्होसार कार्यक्रमको उपलक्ष्यमा संविधानसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा ७० बर्ष पूरा भएका २५० भन्दा बढी बुबाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको समाजका महासचिव देउमान बिष्टले जानकारी दिए । त्यसै गरि कार्यक्रममा हिमाली याक नाच, हिमाली सिंह नाच, च्याब्रुङ नाच, नौमती र लाखे नाच पनि रहेको सांस्कृतिक कार्यक्रमका संयोजक तथा ल्होसार मुल समारोह समितिका सह संयोजक अग्नि पौडेलले जानकारी दिए ।
अघिल्लो वर्षहरुमा हिन्दुहरुको हरितालिका तिज र किराँत समुदायले मनाउने चासोक तङ्नामका साथै आमा सम्मान गरेको समाजले यस पटक सभामुख घिमिरे र अवतारी लामा च्याक्टुल रिन्पोच्छेबाट बुबा सम्मान गर्न लागिएकोले सम्पुर्ण ताप्लेजुङबासी लगायत बौद्ध मार्गी र अन्य महानुभावहरुले उपस्थित भएर आर्शिवाद ग्रहण गरिदिन कार्यक्रमका प्रचार प्रमुख प्रकाश इवारमले अनुरोध गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३