काठमाडौँ – यमन श्रेष्ठको आवाजमा नेपालभाषाको नयाँँ गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ ।
श्याम प्रजापतिको रचना र अनिल तुलाधरको संगीतमा यमन श्रेष्ठले गाएको गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो रिलिज हुन लागेको हो ।
गीतको रेकर्डिङको साथमा म्यूजिक भिडियोको सुटिङ समेत सम्पन्न भइसकेको छ । हाल गीतको दृश्य सम्पादनको काम हुँदै गरेको छ ।
छायाङ्कन र दृश्य सम्पादन दिप्सन डंगोलले गरेका छन् भने छायाङ्कन निर्देशन ह्यारी महर्जनले गरेका छन् ।
निर्देशन भने अनुज डंगोलले गरेका छन् । निर्देशक डंगोलले यस अघि पनि विभिन्न म्यूजिक भिडियोको साथमा हिसिमति जस्तो चर्चित नेपालभाषाको चलचित्र निर्देशनको अनुभव बटुलिसकेका छन् ।
दशैं लगत्तै गीतको भिडियो सार्वजनिक गर्ने निर्देशक डंगोलले जानकारी दिए ।
मल्टि स्टारर म्यूजिक भिडियोमा नेवाः कला क्षेत्रमा चिरपरिचित अनुहारसँगै नयाँ कलाकारहरुको समेत अभिनय रहेको छ ।
गीतमा लक्ष्मीप्रसाद भैलः (ओम बाबा) विहोल श्रेष्ठ, सुजना बज्राचार्य, ज्योति मानन्धर, दिव्या महर्जन, सुप्रभा गाइँजु, शिव महर्जन, धिरज डंगोल र ज्ञानु महर्जन लगायतको कलाकारको अभिनय रहेको छ ।
‘शुरुमा त नयाँ कलाकारहरुसँग काम गर्न गार्हो होला कि भन्ने लागेको थियो, तर काम गर्दै जाँदा सबैको साथ र सहयोगले सुटिङ सम्पन्न गर्न दुई दिन पनि लागेन’ निर्देशक डंगोलले भने ।
हास्य प्रधान गीतमा भरपुर मनोरन्जन दिन आफुले सक्दो प्रयास गरेको डंगोलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३