काठमाडौं – अभिनेत्री पल्पसा डंगोल एबम मेरी बास्सै टेली चलचित्रमा सर्वाधिक रुचाइएकी हांस्य कलाकार चम्सुरीले नयाँ बर्ष २०२१ सालको अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
गीतको बोल ‘काली काली दिलवाली’ रहेको छ । यस गीतमा चम्सुरीले स्वर दिनुका साथै अभिनय पनि गरेकी छन्।
रुञ्चे गायक प्रकाश पौडेल तथा पल्पसा डंगोल दुवैको शब्द रचना रहेको यो गीतको संगीतकार भने अशोक राई रहेका छन्। यस म्युजिक भिडियोमा पवन डंगोलको छायाँकन रहेको छ भने, निर्देशन गायिका तथा अभिनेत्री डंगोलको आफ्नै रहेको छ । यस गीत अभिनेत्री डंगोलको पहिलो गीत हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७