गायिका कल्पना श्रेष्ठको गीत 'छंगु लँ स्वइच्वंचु मिखा' लोकार्पण

काठमाडौँ – गायिका कल्पना श्रेष्ठको गीत ‘छंगु लँ स्वइच्वंचु मिखा’ मंगलबार सार्वजनिक गरिएको छ । एक कार्यक्रममा श्रेष्ठको गीत थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले लोकार्पण गरेका हुन् ।

लोकार्पण गर्दै प्रमुख श्रेष्ठले कलाकारको प्रतिभा उजागर गर्न नगरपालिका तत्पर रहेको बताए ।

आफूले निकै मिहिनेत गरेर तयार पारेको गीत आफ्ना दर्शकलाई सुम्पिएको गायिका श्रेष्ठले बताइन् ।

यस गीतको रचना दर्शनवीर शाक्यले गरेका हुन् भने संगीत विजय कायस्थले भरेका छन् । राजन शाहीले निर्देशन गरेको उक्त भिडियोको छायाँकन तथा सम्पादन मनोजरत्न शाहीको रहेको छ । भिडियोमा कलाकार रविन्द्र शाही, रेश्मी महर्जनलगायतका अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, ईलोहँ पब्लिकेसनका प्रवन्ध निर्देशक नरेशवीर शाक्यलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार