मुकेश शाक्यको 'छँगु हे खँला खः' सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – मुकेश शाक्यको आवजमा सजिएको ‘छँगु हे खँला खः’ सार्वजनिक भएको छ । जुगल डंगोलको संगीत तथा संयोजन रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।

बिजन बज्राचार्यको क्यामेरा निर्देशन र मंजिल शाक्यको सह निर्देशनमा निर्मित यस गीतको भिडियो सम्पादन आकृष्ट शाक्यले गरेका छन् भने छायांकन अभिषेक शाक्यले गरेका छन् । यस गीतको भिडियोमा परिकल्पना तथा निर्देशन विश्वास बज्राचार्यको रहेको छ ।

यस गीतको भिडियोमा रन्जना सितिखु, अमोघवीर बज्राचार्य, मंजिल शाक्य, सुजाता शाक्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य, दृष्टि शाक्यलगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार