नेपाल भाषाको हाईकु संग्रह ‘तिकि–तिकि’ र ‘छ व जि’ सिडी गीत विमोचन

काठमाडौं – नेपाल भाषाको हाईकु ‘तिकि–तिकि’ (थोपा–थोपा) र ‘छ व जि’ (तिमी र म ) म्यूजिक गीत सार्वजनिक गरिएको छ ।

विशाल बजारस्थित सासा ब्यांकेटमा मोक्षबहादुर अमात्यद्धारा लिखित हाईकु र ‘छ व जि’ सिडी, प्रमुख अतिथि डा. हिमांसु थपा, विशेष अतिथी यज्ञरत्न धाक्वा, अतिथी डा. पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, अमरराज राजोउपाध्याया, विमोचन कार्यक्रमका सभापति नरेशवीर शाक्य लगायतले संयुक्त रुपमा विमोचन गरे ।

ईलोहं प्रकाशन प्रा.लि.को आयोजनामा आयोजित विमोचन कार्यक्रममा नेपाल भाषाको हाईकु संग्रह र गीत, संगीतका विषयमा सभापति शाक्यले चर्चा गरेका थिए । कार्यक्रममा लेखक अमात्यले पुस्तक र सिडीको बारेमा चर्चा गर्दै पढ्न र सुन्न आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार