कोभिडले रोकिएको चर्चित हाँस्य टेलि चलचित्र ख्वताबजीको पुनः प्रसारण

२८ फागुन काठमाडौं – कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल भाषाको चर्चित हाँस्य सिरियल ख्वताबजीको पुनं प्रसारण सुरु भएको छ। लामो समयदेखि प्रसारण हुदै आएको उक्त हाँस्य सिरियल कोरोना भाइरस महामारीका कारण रोकिएको र हाल फागुनको पहिलो साताबाट प्रसारण सुरु गरिएको ख्वताबजीका लेखक तथा निर्देशक सुरेन्द्र तुलाधरले हरप्रहरलाई बताए ।

कोरोनापछि पुनं प्रसारणमा आएको उक्त सिरियल सुरु गर्नु पूर्व हिजो नाटेश्वर देवताको (नास ध:) पुजा पनि सम्पन्न गरिएको छ । यस कार्यक्रममा पुराना र नया कलाकारहरुको परिचय आदन-प्रदान गरिएको थियो। इमेज च्यानलका महाप्रबन्धक रघुबर मानन्धरको मुख्य आतिथ्यता रहेको उक्त कार्यक्रममा ख्वताबजीका सल्लाहकार विश्व रत्न तुलाधर ,सुरेन्द्र शाक्य लगायतका अथितिको रुपमा उपस्थिती रहेको थियो । कार्यक्रममा हाँस्य कलाकार यमन श्रेष्ठले ख्वताबजीको गीत गाएका थिए।

नेपाल भाषामा निर्माण भएका हांस्य सिरियलले पनि ८ सय ३३ शृंखला पुर्याउन सफल भएकोमा सिरियलले प्रशंसा बटुल्न सफल भएको छ । ख्वताबजी हरेक मंगलबार बेलुकी ९:३० र पुनं प्रसारण बिहिबार १०:३० बिहान र शुक्रबार ११:३० मा इमेज च्यानलमार्फत प्रसारण हुदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार