काठमाडौँ – आयाम फिल्मस्को प्रस्तुतिमा नेपालभाषाको चलचित्र ‘आसकुति’को सोमवार एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको छ ।
चलचित्रको बारेमा संचारमाध्यमलाई जानकारी दिन आयोजित प्रेस मिट कार्यक्रममा सो चलचित्रको बारेमा बताउँदै निर्देशक सुरेन्द्र तुलाधरले सामाजिक विषयवस्तुमा आधारित रहेर आफ्नो पहिलो कलात्मक चलचित्रका रुपमा ‘आसकुति’ पस्केको बताए ।
जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको आफ्नै परिवार हो भन्ने सन्देश बोकेको चलचित्र परिवार भन्दा पनि भौतिक सुख सुविधाको लोभमा परेकी एक महिलाको मार्मिक कथा रहेको निर्देशक तुलाधरले बताए ।
चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार सुरज व्यञ्जनकारले छायांकन क्रमको अनुभव पोख्दै पारिवारिक वातावरणमा चलचित्र निर्माण भएको र निर्माता बुलाल महर्जन र निर्देशक सुरेन्द्र तुलाधरले निर्माण समूहको अभिभावकत्व ग्रहण गरेको बताए ।
यही चैत्र २१ गते सुन्धारास्थित सिटिसी मलमा भीआइपी शो देखाउन लागिएको चलचित्रको टिकट मूल्य एक हजार रहेको छ ।
सुरेश शाक्यको कथा रहेको चलचित्रको छायांकन तथा सम्पादन अमर चित्रकारले गरेका छन् । नील शाक्यको संगीत रहेको चलचित्रमा सतिस महर्जन, निशा देसार र दिपा महर्जनको गायन रहेको छ । चलचित्रमा निशिला शाक्यको कोरियोग्राफि, पूजा शाहीको मेकअप देख्न सकिन्छ । सविनरत्न शाक्यको सहायक निर्देशन रहेको चलचित्रमा मञ्जिल शाक्यले निर्माण नियन्त्रणको अभिभारा ग्रहण गरेका छन् । चलचित्रको पोष्ट प्रोडक्सन सिनेजोन बागबजारमा गरिएको छ ।
चलचित्रमा सुरज व्यञ्जनकारका साथमा कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रञ्जना सितिखु, रोहन प्रजापति, बुलाल महर्जन, सबिनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्यको अभिनय रहेको छ भने अतिथि कलाकारका रुपमा कृष्णभक्त महर्जन, सुनिता श्रेष्ठ, नगिना जोशी, अकलमान महर्जन रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३