काठमाडौं – नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ मंगलबार सार्वजनिक हुने भएको छ । गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको खुलासा गरेका हुन् । मंगलबार जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न लागिएको हो । नेपाली संगीत क्षेत्रमा पप किंगसमेत भनिने वरिष्ठ गायक ओम विक्रम विष्टबाट म्यूजिक भिडियोको लोकार्पण हुने गायक तुलाधरले जानकारी दिए ।
तुलाधरको यो गीत पहिलो पटक २०४८ सालमा जिजिविषा एल्बममा प्रकाशन गरेका थिए । पहिलो पटक भुपालमान सिंहले अरेंज गरेको यो गीतलाई भुपेन्द्र बज्राचार्यको अरेंजमा तुलाधरले फेरी गाएका हुन् । ‘जिजिविषा एल्बम निकाल्दा यो गीत निकै लोकप्रिय भएको, धेरैले मन पराएको गीत हो, यो गीत मलाई आफैंलाई मनपर्ने गीत हो, त्यसैले अहिलेको ट्रेन्ड अनुसारको म्यूजिक अरेंजमा फेरी रेकर्ड गरेको हो’ तुलाधरले भने । हालसम्ममा दर्जन बढि सोलो एल्बम बजारमा ल्याइसकेका तुलाधरको सपनीमा र जिजिविषा एल्बम निकै लोकप्रिय रहेको थियो ।
गीतका रचना कविन्द्रमान शाक्य ओमहरि श्रेष्ठले गरेका छन् भने संगीत गायक तुलाधरकै रहेको छ । मंगलबार सार्वजनिक हुन लागेको म्यूजिक भिडियोका परिकल्पनाकार र निर्देशक रवि सायमि हुन् । भवानी शिलाकारको छायाङ्कन निर्देशन रहेको भिडियोको एडिटिङ वाइल्ड बुल्स प्रोडक्सनको रहेको छ । गीतमा मोडलहरु निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले अभिनय गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३