भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन्। अश्लील फिल्म(पोर्न मुभि) बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा उनलाई सोमवार राति मुम्बई प्रहरीले पक्राउ गरेको हो।
गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो। यही अभियोगमा कुन्द्रालाई पक्राउ गरेको मुम्बई प्रहरीले जनाएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ।
मुम्बई प्रहरीले कुन्द्राको अभियोगमा प्रशस्त प्रमाण भेटिएकोले मंगलवार नै उनलाई अदालत पेश गरिने तयारी गरेको छ। यस अभियोगमा कुन्द्राभन्दा अघि ४ जना पक्राउ परिसकेका छन्। कुन्द्रालाई मुख्य आरोपी बनाइएको छ।
फिल्म खेल्न इच्छा राख्ने सोझा युवतीहरुलाई यस्तो अश्लील फिल्म सुटिङ गरी एपमा राख्ने गरेको आरोप कुन्द्रमाथि लागेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७