काठमाडौं – लकडाउनको समयलाई सदुपयोग गर्दै आयोजना गरिएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम गत शनिबार एक कार्यक्रममा बीच घाेषणा भएको छ । सुखावति मल्टि प्रोडक्सनले आयोजना गरेको उक्त कार्यक्रममा २६ जनाले सहभागीता जनाएका थिए ।
प्रतियोगीतामा सिम्रिक श्रेष्ठले प्रतियोगीतामा सहभागी अन्य ३८ प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन् भने सविन रत्न शाक्य र सनम शाक्यको समूह दोश्रो भए भने विधान तुलाधर र मोहिनी तुलाधरको समूहले तेश्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै सबभन्दा कम उमेरकी प्रतियोगीतको रुपमा ८ वर्षीया सजगता मानन्धर र सबभन्दा ज्येष्ठ प्रतियोगीको रुपमा ६० वर्षीया मीना प्रधानलाई सान्त्वना पुरस्कार दिइएको थियो । उत्कृष्ट पुरुष कलाकार अमु श्रेष्ठ र उत्कृष्ट महिला कलाकारको पुरस्कार कृष्णशोभा उलकको पोल्टामा पर्यो ।
विजयी प्रतियोगीहरुलाई ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्य, चलचित्र निर्माता गोपालकाजी कायस्थ, पोर्चुगलका गंगाबहादुर नेमकुल, राष्ट्रिय नेवाः खलः इजरायलका नरेश नेपाः, जापानका उत्तम प्रधान, निर्णायक रामकृष्ण खड्गी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरलगायतले पुरस्कार प्रदान गरेका थिए । विजेतालाई शिल्ड, प्रमाणपत्रको साथमा नगद पुरस्कारबाट समेत समान गरिएको थियो ।
उक्त कार्यक्रमको अन्तमा अभिनय अथवा एक्टिङ शब्दको नेपालभाषा शब्द पनि घोषणा गरिएको थियो । अब उप्रान्त एक्टिङलाई नेपालभाषामा ‘प्याखं पहः’ शब्द प्रयोग गर्ने निर्णय गरिएको सुखावतिका अध्यक्ष सुरेन्द्र तुलाधरले हरप्रहरलाई जानकारी दिए। कार्यक्रमको प्रायोजक सुरेन्द्र शाक्यले फ्रान्सबाट गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३