काठमाडौं – यस वर्षको प्रधान साहित्य पुरस्कार साहित्यकार शान्तराज शाक्यलाई प्रदान गरिएको छ । शनिवार एक कार्यक्रमका बीच ललितपुरमा आयोजित एक समारोहबीच पुरस्कार दाता कवियत्री प्रधानका छोरा मञ्जुर प्रधानले साहित्यकार शाक्यलाई प्रमाणपत्र र नगद राशि १० हजार रुपैयाँ प्रदान गर्नुभयो । स्वर्गीय कवियत्री मन्दिरा प्रधानको नाउँमा ४९ वर्षअघि स्थापित सो पुरस्कार नेपाल भाषाको साहित्यमा योगदान पुर्याउने साहित्यकारलाई दिँदै आएको छ ।
शाक्य हाल रेडियो उपत्यका ८७.६ मेगाहर्ज मार्फत हरेक शनिबार “बाखं दबू” कार्यक्रम संचालन गर्दै कथा वाचन गर्ने र श्रवणको परम्परालाई पुनर्जीवन दिदै एक कुसल रेडियो कार्यक्रम प्रोस्तोता को रुपमा पनि परिचित हुनु हुन्छ। विभिन्न कथाकारका पुराना कृतिलाई आधुनिक पुस्तामाझ चिनाउन, नेपाल र नेपाली भाषाको कथाको माध्यमबाट त्यसको नैतिक, सांस्कृतिक सन्देशलाई प्रचार गर्नमा योगदान को कदर गरी सो पुरस्कार दिइएको हो ।
‘लकडाउन धेरैको लागि समस्या दिने, दुःख दिने समय भएर आयो तर मेरो लागि भने अवसर बनी दियो । फुर्सदको समयलाई फेसबुकको माध्यमलाई प्रयोग गरेर कथा भन्न सुरु गरेको समयमा सुरु सुरुमा श्रोताहरुले कुन रुपमा लेला भन्ने जिज्ञासा थियो’ साहित्यकार शाक्यले भने, ‘पछि आएका प्रतिक्रियाले मलाई उत्साहित बनायो, एक दिन कथा भन्न सकिने भने मानिसहरुले मलाई सन्चो भएन कि भनेर सोध्ने गर्दथ्यो यसरी पुरस्कार पाउँछु भन्ने विचारै थिएन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३