काठमाडौं – शनिबार सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ हाउसफुल साथ प्रदर्शन गरिएको छ । Qs सिनेमा दरबारमार्ग काठमाडौंमा भएको बिहान ८ बजेको शो मा 200 जनाले उक्त चलचित्र हेरेको जानकारी चलचित्र निर्माण पक्षले दिएको छ ।
जेस्सी पेन्नी इण्टरटेन्टमेण्ट प्रालि र वाइल्ड बुल्स प्रोडक्सन (राजेन्द्रभक्त श्रेष्ठ र मन्दिरा मानन्धर) ले संयुक्त रुपमा निर्माण गरेको नेपालभाष चलचित्रका व्यस्त एबम चर्चित निर्देशक रवि सायमि बाट निर्देशित चलचित्रमा प्रमुख भूमिकामा कलाकार सुशील राजोपाध्याय, सरस्वती मानन्धर, उदेन न्हुसायमी, सुलोचना मानन्धर, अन्नपूर्णेश्वरी श्रेष्ठ, वरिष्ठ पत्रकार पुष्कर माथेमा, ओम शंकर श्रेष्ठ, संघ रत्न शाक्य, साकार पन्त रहेक छन ।
स्मरण रहोस् नेपालभाषामा बनेको यस चलचित्र आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्युयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ)को उपाधि जित्न सफल भएको छ भने अवार्डसहित एक हजार एक सय ११ डलर नगद पुरस्कार पनि जितन सफल भएको छ ।
प्रताप मल्लका पालाका जामनः गुभाजुमा दुनियाँलाई चकित पार्ने शक्ति थियो । उनी बेलाबेलामा राजपरिवारका साथै जनताको हात हेर्ने र झारफुक गर्ने कामबाट रोगव्याधि निको त पार्थे नै डोकामा पानी भर्ने जस्ता काम गरेर अचम्मै पार्थे । जप, तप, ध्यान, योग, समाधि, पुरश्चरण आदिमा नित्य संलग्न उनले बिरामीलाई झारफुक गर्ने तथा शिशुहरुलाई घरमै पढाउने पनि गर्थे ।
लगनटोल नजीक ब्रह्मटोल, मुसुम्बहालका गुभाजुले महिलालाई बोक्सी लगाउने पुरुषलाई चिनी फेरि त्यसो नगर्न वाचा गराउँथे भने भरिएको गाग्रीसमेत नछोईकन खाली गराउन सक्थे । मिथक वा किंवदन्तीजस्तै बनेका र ‘कमिक्स’मा मात्र सीमित ऐतिहासिक पात्र जामन गुभाजुलाई करीब दुई घण्टामा चिनाउन तथा उनको तन्त्रसाधनाको प्रभाव र अवस्था संकिपामा देखाउन निर्देशक रवि सायमीको टोलीले तीन वर्षभन्दा बढी समय लगायो। काठमाडौँ, बन्दिपुर, चित्लाङ र सौराहा(हुस्सुका लागि) मा छायाङ्कन गरिएको हो।
अब यस चलचित्रको ५१ शो प्रदर्शनको तयारी मा रहेको जानकारी चलचित्र निर्माण पक्षले दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३