काठमाडौं – बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए ।
आर्थिक वर्ष २०७७/७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग भएको रेकर्डले देखाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३