निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ।
भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।
विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थल नजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन् ।
पोखरा महानगरले फोहोर व्यवस्थापन गरिरहेको ल्यान्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन।
अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्यान्डफिल साइट करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थलनजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताइरहेका छन् ।
त्यसले गर्दा ल्यान्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३