ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि ‘फ्लाइओभर’ को काम सुरु हुने भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी आउँदो शुक्रवार ‘फ्लाइओभर’ को कामकाे उद्घाटन हुने सडक विभागले जनाएको छ ।
१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गर्न लागेको जानकारी दिए ।
सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् । फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३