कसा: मीसा पुच:का सदस्यहरु ललितपुरको धापाखेलमा अवस्थित टेवाको भ्रमण गरेका छन् । गैह्र सरकारी संस्था टेवाले गरेका सामाजिक कार्यको जानकारी लिने हेतुले उक्त भ्रमण गरिएको हो ।
भ्रमण कसा: मीसा पुच: की पूर्वअध्यक्ष मीरा ज्योतिको अगुवाईमा भएको थियो। द्रुत संक्रमणकालमा लाग्ने सामाजिक लागतलाई न्यूनीकरण गर्ने, आत्मनिर्भर र दीगो विकासका लागि पहल गर्दै उदीयमान तथा आवश्यकतामा परेका नेपालका महिला समूहहरूको सशक्तिकरणका लागि सामुदायिक परोपकारको भावना विकास गर्नमा टेवाले भूमिका खेल्दै आएको छ। उद्देश्यलाई ध्यानमा राखेर टेवाले स्थानीय परोपकारिताको काम गर्दै देशभरका महिला समूहहरूलाई विभिन्न कार्यक्रमहरू मार्फत अनुदान दिंदै नेपालका महिला जनशक्तिलाई बलियो बनाउदैआएको छ।
यस बीच टेवाले सामुदायिक परोपकारीता, क्षमता विकास, महिला अधिकार, अभियान, चेतना वृद्धी, सञ्जाल विस्तार, समान विचारधारा भएका संस्थाहरूसँग सहकार्य आदि गर्दै आएको टेवाकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
यसै गरी टेवाले हालसम्म ६ सय ५० भन्दा बढी महिला संस्थालाई अनुदान सहयोग गरिसकेको टेवाकी उप-निर्देशक लक्ष्मी शोभा शाक्यले जानकारी दिइन् । भ्रमण गर्ने क्रममा टेवालाई मीसा पुच:का अध्यक्ष बिना कसा: र कोषाध्यक्ष रतन कमल कसा: बाट आर्थिक सहयोग गर्दै नगद पनि हस्तान्तरण गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३