लागुऔषध तथा मादक पदार्थको कुलतमा फसेकाहरुको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले आफ्नो स्थापनाको १०औं वार्षिक उत्सव मनाएको छ । गोदावरी नगरपालिकाको बडिखेलमा अवस्थित सेवाको कार्यालयमा उक्त वार्षिक उत्सव कार्यक्रम मनाइएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सभाका सांसद मधुसुदन पौडेलले लागुऔषध दुरव्यसनीमा परेर सुधार भइ समाजमा फर्किएका युवाहरुलाई समाजले हेर्ने नजर परिवर्तन हुन जरुरी रहेको बताए । कर्मशील उमेरमा युवाहरु लागुऔषधको कुलतमा फस्न नहुने र बाटो बिराएर पनि सुधारको बाटोमा आउनेलाई प्रोत्साहन दिनु पर्ने सांसद पौडेलले बताए ।
नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्व मन्त्री शेर बहादुर तामाङले कानूनको छिद्रताले लागुऔषध निर्दोशलाई फसाउने एक मुख्य कारक बनेको बताए । कतिपय युवाहरु पारिवारिक अवस्थाले गर्दा पनि लागुऔषध दुरव्यसनीमा पर्ने गरेको तामाङले बताए ।
कार्यक्रममा नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, अखिल नेपाल महिला संघकी नेतृ सरास्वती खड्का, सेवाका अध्यक्ष सरण गुरुङ, कोषाध्यक्ष संजिव खड्कालगायतको उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३