सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारी अब गीतकारका रुपमा समेत चिनिन थालेकी छिन् । उनले राष्ट्रको सम्मान स्वरूप कोरेका गीत वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर भरेका छन् ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ योगीकै स्वर तथा सङ्गीतमा आगामी माघ १६ गतेको विशेष दिन पारेर अधिकारीको आफ्नै युबटुब च्यानल मार्फत सार्वजनिक हुन लागेको छ ।
अधिकारीको आफ्नै युटुव च्यानल (सिर्जनाको चौतारी) मार्फत उक्त गीत भिडियो सहित रिलिज गरिन लागेको हो । युटुव च्यानल मार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडियाे सहितको राष्ट्रिय गीतले धेरैको मन जितिसक्ने अनुमान गरिएको छ । मनोहर सुनामले सङ्गीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडियाले गरेको हो ।
चर्चित गायक योगीले उक्त शव्दको भावले आफ्नो मन छोएकाले सो गीत आफूले गाएको प्रतिक्रिया दिए । गीतकार अधिकारीले भने आफूले नेपालीहरुलाई एकताको सन्देश सहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उदेश्यले उक्त गीत लेखेको जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७