काठमाडौं – अस्ट्रेलियाको सिड्नी बाट स्नो माउन्टेन तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा दुईजना नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
मोनारो हाइवेमा भएको कार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन । कार सडकबाट करिब १ सय ६० मिटर तल खसेको थियो ।
दुर्घटनामा पर्नेमा १९ देखि २२ वर्ष उमेर समूहका पाँच जना रहेका छन । उनीहरुको परिचय खुलेको छैन । उनीहरु स्नो माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा क्याम्पिंग गरेर विहानै त्यसतर्फ लागेको बुझिएको छ । क्याम्पिंगमा तीन वटा कारमा १५ जना स्नो माउन्टेनतर्फ गएका थिए ।
घाइतेहरुलाई तत्कालै क्यानबेरास्थित अस्पतालमा हेलिकोप्टरमार्फत लगिएको थियो । घाइते मध्य एकको कुमा अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको छन् भने दुईजना क्यानबेरा लगिएका व्यक्तिहरु पनि खतरामुक्त रहेको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३