काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक दिउसो दुई बजेपछि सिंहदरबारमा बस्न लागेको समितिको बैठकमा लकडाउनको समय थप लगायतका विषयमा छलफल गर्ने कार्यसूचि छ ।
सरकारले यसअघि घोषणा गरेको लकडाउन २५ वैशाखमा सकिँदैछ । बैठकले सरकारलाई सरकारलाई लकडाउन थप गर्ने र केही खुकुलो गर्ने नयाँ मोटालिटीको बारेमा सिफारिस गर्ने बताइएको छ ।
देशका केही भागमा लकडाउन खुकुलो गरेपनि भारतसँग सीमा जोडिएका जिल्लामा लकडाउन खुकुलो गर्न नहुने सुझाव सुरक्षा निकायले यसअघि नै समितिलाई दिइसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन जारी राखेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३