काठमाडौँ – प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) को स्मरणमा कार्यक्रम तथा ५ औँ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ ।
कोरोना भाइरसको संक्रमण्को जोखिम र यसबाट सुरक्षित रहन लकडाउनको आदेश पालना गर्दै नेवार पत्रकारहरुको राष्ट्रिय संंगठन नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गर्दै आएको र्याली, धर्मादित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण, सभा तथा मातृभाषा सम्मेलन स्थगित गरिएको छ ।
त्यस्तै पत्रकार राष्ट्रिय दबूको ललितपुर शाखाबाट दिइँदै आएको धर्मादित्य पत्रकारिता पुरस्कार घोषणा पनि यो वर्षको लागि स्थगित गरिएको छ ।
स्थगित भएको मातृभाषा पत्रकारिता सम्मेलन र धर्मादित्य पत्रकारिता पुरस्कार सापेक्ष समयमा आयोजना गर्ने जानकारी सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३