काठमाडौं – अब काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिने भएको छ ।
बिहीबार राष्ट्रिय सभागृहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरूको व्यवस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत गरिने पनि उल्लेख छ ।
घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न ‘बृहत् भेक्सिनेसन’ कार्यक्रम ल्याइने शाक्यले बताएका छन् । घरपालुवा जनावरहरूको स्वास्थ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३