काठमाडौ – फुटपाथ पसल हटाउ अभियानका अभियन्ता चन्द्र कुमार महर्जन पक्राउपछि रिहा भएका छन् ।
जागरुक युवा समाजले काठमाडौँका असन लगायतका ठाँउहरुमा फुटपाथ पसल हटाउ अभियान संचालन गरिरहेको छ ।
काठमाडौँ महानगरको नीति नै फुटपाथ पसल हटाउने हुँदाहुँदै पनि महानगरले पर्याप्त नगर प्रहरी संचालन नगरेका कारण आफूहरु नै फुटपाथ पसल हटाउन लागि पर्नु परेको अध्यक्ष महर्जनले रिहाइ पछि हरप्रहरसँग गुनासो गरे ।
कोभिड महामारीपछि झन् सक्रिय रुपमा अभियान संचालन गरिरहेको समाजले १ सय १८ दिन देखि नियमित यस अभियानमा सक्रिय भुमिका खेलिरहेको छ ।
अध्यक्ष महर्जनलाई महानगरीय प्रहरी परिसर विशाल बजारले पक्राउ पछि रिहाइ गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३