काठमाडौँ – कीर्तिपुर नगरपालिकाद्वारा आयोजित नेपालभाषाको लघु चलचित्र प्रतियोगिता ११४० मा डेल्टामल्टिमिडियाको “साःगः” लघु चलचित्र प्रथम भएको छ । शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको पहिलो प्रिमियर प्रदर्शन पश्चात विजयी लघु चलचित्रको घोषणा गरिएको थियो । “साःगः” प्रदीप खड्गीद्वारा निर्देशित लघु चलचित्र हो।
कीर्तिपुरको ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थानका साथै कीर्तिपुरको किंवदन्तीलाई आधार बनाएर कीर्तिपुर झल्कने गरी लघु चलचित्र बनाउन गत साल नै आयोजना गरिएको थियो तर कोभिडका कारण स्थगित भैरहेको यस प्रतियोगिता गत माघ ३ गते शनिवार सम्पन्न भएको हो ।
प्रतियोगितामा नेवाः यूट्युवको प्रस्तुति रहेको यौवन शाक्यद्वारा निर्देशित “आजु” द्यः” दोश्रो, शशिकला मानन्धरको प्रस्तुती रहेको आर्यम नकःमिद्वारा निर्देशित “लाखय् पाः” तृतिय साथै फोकस पिक्चर्स प्रा.लि.को प्रस्तुती रहेको भाइकाजी महर्जन “नयन”को लेखन तथा निर्देशन “न्हय्का सिँ” ले सात्वना पुरस्कार प्राप्त गरेको थियो ।
विजयी चलचित्रले क्रमशः एक लाख, पचहत्तर हजार, पचास हजार र पच्चिस हजार नगद पुरस्कारका साथै ट्रफि र प्रमाण पत्र प्राप्त गरेको थियो भने प्रतियोगितामा सहभागी भएका अन्य चलचित्रले रु. दश हजार नगद प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । मन्त्री ढकालले चलचित्रको माध्यमबाट कीर्तिपुर चिनाउन गरेको प्रयासको प्रशंसा गर्दै कीर्तिपुरको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गत वर्ष नेपाल भ्रमण वर्षको उपलक्ष्यमा पर्यटकहरूलाई कीर्तिपुर भ्रमण गराउन कीर्तिपुरको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले यससँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थल तथा किवंदन्तिका आधारमा लघुचलचित्र प्रतियोगितको आयोजना गरेको बताउदै कीर्तिपुरबारे प्रचार प्रसार गर्न अनुरोध गरे ।
कीर्तिपुर नगरपालिकाकी उप–प्रमुख सरस्वती खड्काले स्वागत गरेको पुरस्कार वितरण कार्यक्रममा अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि आफ्नो मन्तब्य राखेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३