काठमाडौँ – ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु लवंहिति (ढुङ्गेधारा) समुदघाटन गरेका छन् ।
स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो । लवंहिति हमुमान ढोका विश्व सम्पदादेखि स्वयम्भू विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण र नव जागृति क्लब खेल मैदानमा स्नान गृह र सार्वजनिक शौचालय निर्माण गरिएको छ। श्रेष्ठले काठमाडौंलाई सांस्कृतिक शहर बनाउनुपर्ने र यहाँको पहिचान कायम गर्न र पर्यटन उद्योगको बिकासको लागि आफुले हनुमानढोकाबाट स्वयम्भू सम्मको बाटोलाई सम्पदामार्ग बनाउने योजना अगाडि बढाउने कार्य भैसकेको यो कार्य पनि यसको अंगको रूपमा बिकाश गरेको बताए । अब अन्य बाँकी कार्य पनि छिटो शुरू हुने जिकिर गरे ।
दलु लवंहिति (ढुङ्गेधारा) समुद्घाटन कार्यक्रमको सभापति जेष्ठ नागरिक प्रेम मानन्धर, स्वागत मनराजा रन्जितले गरेका थिए र सन्चालन क्लबका अध्यक्ष समितिका सदस्य मधुसुदन मानन्धर, १५ वडा अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डगोल, संरक्षण तथा जिर्णोद्वार उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर रंजित, समाजसेवी सुबर्णमान डगोल, गंगा रंजित, राजु खरेल र उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७