काठमाडौँ – ठंहिटी स्थित शान्ति शिक्षा मन्दिर मा. वि. को ७१औं वार्षिकोत्सब कार्यक्रम सप्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमको सभापतित्व तथा कठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पुर्व विद्यार्थी मञ्चका पदाधिकारीहरू तथा सहयोगी महानुभावहरू, शिक्षकहरू एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले विद्यालय स्थापनाका ईतिहास सहित हालको अवस्था र भविष्यको योजना राख्दै हाल नयाँ भवन बन्दै गरेको र यस विद्यालयलाई नमूना विद्यालयको रूपमा संचालन गर्ने लक्ष्य रहेको बताए । त्यसको लागि आ-आफ्नो क्षेत्रबाट सबैको सहयोग रहने आशा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी मञ्चका संयोजक मचाकाजी महर्जनले आफू अध्ययन गरेको विद्यालयको प्रगति प्रति खुशी व्यक्त गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकहरू बीच सहि समन्वय हुनसकेमा उत्कृष्ट जनशक्ति उत्पादन गर्न सकिने र त्यसको लागि सबै क्षेत्रबाट आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निभाउनु पर्ने बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नविन मानन्धरले आफू पनि यहि विद्यालयमा अध्ययन गरेको बताउदै विद्यालयको उन्नति र प्रगतिको लागि आफुले सक्दो सहयोग गर्दै आइरहेको र त्यसको निरन्तरता रहने समेत बताए ।
जीवनकुमार जोशीद्वारा संचालन गरिएको सो कार्यक्रमको शुरुमा स्वागत मन्तव्य राख्ने क्रममा विद्यालयका सह प्रधानाध्यापक सुजित श्रेष्ठले कोभिड-१९ का कारण कार्यक्रमलाई चियापानमा मात्र सिमित राख्नुपरेको बताउंदै विद्यालयको गतिविधि बारे संक्षिप्तरूपमा बताएका थिए ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने पुर्व विद्यार्थी मञ्चका सदस्य राधा श्रेष्ठले दुइजना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३