काठमाडौँ – ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आयोजनामा `प्रथम रक्तदाताहरूमा सम्मान गरौं´ भन्ने नारा सहित छैठौं राष्ट्रिय रक्तदाता दिवस २०७७ सप्पन्न भएको छ । बोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्व तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भक्तपुर ब्लोदानको व्यवस्थापनमा यचु पार्टि भेन्यु, नयाँ थिमिमा सम्पन्न सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर मिश्रले रक्तदानको महत्वबारे प्रकाश पार्दै आफ्नो नगरपालिकामा गरिरहेको स्वास्थ्य सम्बन्धी गतिविधिका साथै रक्तदान कार्यक्रम आयोजकहरूलाई प्रति रक्तदाता रू. ५०/- अनुदान दिइरहेको बताए ।
प्रस्तावित लायन्स रक्तसञ्चार सेवा तथा रिसर्च सेन्टरका अध्यक्ष रूद्रहरी ज्ञवालीले लायन्स रक्तसञ्चार सेवा जनतालाई सेवा दिन तयार रहेको बताउदै सरकारले अनुमतिपत्र दिन ढिलाइ गरेकोमा असन्तुष्टि जनाउँदै सो पत्र पाउने बित्तिकै सेवा सुचारु गर्ने बताए ।
ब्लोदानका वरिष्ठ सल्लाहकार तथा शतक रक्तदाता नीता घिरैयाले रक्तदानको क्षेत्रमा महिलाहरू पनि अगाडि आउनुपर्ने र रक्तदानले केही नहुने बताए ।
कार्यक्रमको सभापती एवं ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले नेपालका प्रथम रक्तदाताहरूको सम्मानमा विगत ६ वर्षदेखि राष्ट्रिय रक्तदाता दिवस मनाउंदै आइरहेको बताउदै ब्लोदानको मुख्य उद्देश्य नै जनमानसमा रक्तदान सम्बन्धि जनचेतना फैलाउंदै विरामीको उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई रगत आपूर्तिमा सहजता ल्याउनु रहेको बताए ।
सोही कार्यक्रममा ब्लोदानलाई आर्थिक सहयोग गर्नुहुने ब्लोदान भक्तपुर जिल्ला शाखा, रुकेश रञ्जित, शिवकुमार त्वायना, नारायण बहादुर बासुकला तथा रक्तदान कार्यक्रम आयोजना गर्न फोल्डिङ्ग पाल उपलब्ध गराउने ब्लड डोनर अफ अमेरिका, ब्लड डोनर अफ अमेरिका टेक्सास च्याप्टर, महिला समाज लबक, अमेरिका, भुषणलाल श्रेष्ठ, शारदा श्रेष्ठ तथा एकदेव शर्मालाई कदरपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रम व्यवस्थापन गर्न सहयोग पुर्याउनु हुने भक्तपुर ब्लोदान तथा रक्तदान जनचेतनामूलक लघु चलचित्र निर्माण तथा प्रशारणका लागि ब्लोदान कीर्तिपुर नगर समितिलाई पनि कदर पत्रबाट सम्मान गरिएको थियो ।
त्यसभन्दा अगाडि रगत तथा रक्ततत्वको बारेमा डा. विपिन नेपालले जानकारी दिएका थिए भने त्यस पश्चात रक्तदान जनचेतनामूलक लघु चलचित्र `सुन्नुस है …´ र `रक्तदान जीवनदान´ प्रदर्शन गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३