काठमाडौं– पाहांचहे पर्वको अवसरमा काठमाडौं महानगर पालिका वडा नं १९ स्थित हात्तिखेलमा योसिं ठड्याउने कार्य शनिबार सम्पन्न गरिएको छ । योसिं ठड्याउने कार्य कंग अजिमा खलःका सदस्यहरुबाट उत्सुकता पूर्वक भएको हो ।
योसिंलाई हात्ति खेलमा पुर्याएपछि खलःका सदस्यहरुले त्यहां सेतो र रातो रंगबाट बाला हुने गरी लगाएका थिए । योसिंको टुप्पोमा रुखको पातको झुृप्पो पनि बाधिएको थियो भने योसिंलाई तान्नका लागि योसिंमा डोरीले पनि बाधिएको थियो । यसरी योसिंलाई डोरी बाधेर खलःका नायोको अनुमतिमा खलःका सदस्यहरुले तानी योसिं ठड्याउने खाल्डोमा पारी योसिं उठाएका थिए । योसिंको फेदको एक भाग खाल्डोमा परिसके पनि योसिंलाई काठले कसिएको छ ।
कंग अजिमा खलःया सदस्यहरुबाट योसिं ठड्याउने कार्यको समयमा करीव एक घण्टा भन्दा बढी समय सम्म धिमे र कयपुं बाजा बजाएर वातावरणलाई संगीतमय बनाइ राखिएको थियो । उक्त कार्यको सिलसिलामा कंग अजिमा खलःका अध्यक्षजु रामकृष्ण महर्जन र नायोका नारायण कृष्ण महर्जनले योसिंमा पुजा-आजा गरेका थिए ।
उक्त कार्यमा आफ्नो दायित्व सम्झि खलःया सदस्यहरु उपस्थित भए नभएको थाहा पाउनका लागि खलःया तर्फबाट हाजिर पनि लिइएको थियो । पुजाका कार्य समाप्त भएपछि उपस्थित खलःया सदस्यहरुलाई अध्यक्षजु र थकालीहरुबाट टिका पनि लगाइएको थियो । यसरी योसिं उठाइ सकेपछि यस इलाकामा पाहांचर्हे पर्व शुरुवात हुने गर्दछ । नेवार समुदायमा पाहांचहेलाई ठूलो पर्वको रुपमा मनाउदै खत जात्रा पनि गर्दे आएको छ । कंग अजिमा खलःले कंग अजिमाको खत जात्रा धुमधामका साथ तिन दिन सम्म मनाउने प्रचलन रही आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३