काठमाडौं – विश्वसम्पदा सूचीमा सुचिकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार र सोही स्थानमा रहेका स्वयम्भूका पूजारीका रुपमा बसोबास गर्दै आइरहेका बुद्धाचार्य परिवारका १७ वटा घरहरुको समुद्घाटन एवं हस्तान्तरण समारोह आगामी बैशाख १३ गते हुने भएको छ ।
स्वयम्भू पुनःनिर्माण समितिका अध्यक्ष एवं कामपा १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू पुनःनिर्माण समितिद्वारा आयोजित एक पत्रकार सम्मेलनमा प्रमुख अतिथि संघिय साम्सद जीवन राम श्रेष्ठ तथा विशेष अतिथि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थितिमा सो कार्यक्रम हुने जानकारी गराएको छ ।
२०७२ सालको शक्तिशाली विनाशकारी महाभूकम्पमा क्षतिग्रस्त हुन पुगेको कर्मराज महाविहार र बुद्धाचार्य गुरुजुहरुको १७ वटा घर निर्माण कार्यको शुभारम्भ गत २०७५ साल पुस ३० गते गृहमन्त्री रामबहादुर थापा (बादल) ले गरेका थिए ।
सो पुनः निर्माण कार्यमा झण्डै १४ करोड खर्च भएको छ जुन उक्त महाविहारका पूजनीय १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेज्यूले सो आर्थिक भार व्यहोरेको जानकारी उक्त पत्रकार सम्मेलनको क्रममा बताए ।
समितिका अनुसार १७ वटा घरहरुलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड र स्वीकृत नक्सा अनुसार मौलिक शैलीमा निर्माण सम्पन्न भै हस्तान्तरण हुन लागेको यो नै काठमाडौंकाे पहिलो योजना भएको दावी गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७