काठमाडौँ – दोस्रो लहरको कोरोनाको भयावह स्थिती बढै सँगै काठमाडौंको स्वयम्भूमा अवस्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार गरिएको छ ।
पहिलो चरणको कोभिडको लहर चलेको बेला नै यो आइसोलेसन सेन्टर संचालनमा ल्याउने योजना रहेको भएता पनि केहि समय पछि साम्य हुदै गएकाले कार्य रोकिएको र अहिले पुनः कोरोनाको महामारी बढेपछि कोभिड संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षित रहन तथा संक्रमित भएका व्यक्तिहरुबाट अरुलाई बचाउन यो सेन्टर संचालनमा ल्याउन लागिएको सेन्टरका संयोजक भीमसेन राज बाहकले बताए ।
आइसोलेशन आवश्यक भएका व्यक्तिहरुको स्वास्थ निगरानीका लागि आवश्यक स्वास्थकर्मीहरु फेक्ट नेपालबाट उपलब्ध हुने छन् ।
स्थलगत निरीक्षण गरि खाली रहेको आनन्दकुटी विद्यापीठका भवनका १४ वटा कोठा मा जम्मा जम्मी ५० बेडको आइसोलेशन तयार पारेको कुरा गरेको बताउदै यस केन्द्रको लागि १ करोड ५० लाख ४० हजार रुपैयाँ विनियोजन भएको संघिय साम्सद जीवनराम श्रेष्ठले
जानकारी दिए।
आइसोलेशन यहि सोमवार देखि संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३