ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ल्भउब िच्बउष्म ब्अतष्यल त्बकपायचअभ ९ल्(च्ब्त्० समुहका नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।
BEFON, SEN, ENPHO, Creasion Nepal र GUTHI कोभिड १९ विरुद्ध लड्न Nepal Rapid Action Taskforce (N-RAT) समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर मेसिन विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरि अहिले सम्म ३० वटा अक्सिजन सिलिण्डर र १० अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिसकेको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।
मेयर महर्जनले अक्सिजन सिलिण्डरको सहयोगका लागि धन्यवाद दिदै आइसोलेसन सेन्टरमा रहेका संक्रमितको उपचारका लागि प्रभावकारी हुने भन्दै खुसीव्यक्त गरे । उनले यस आइसोलेसन सेन्टरले कोभिड संक्रमितका उपचार गर्दै आएको र अक्सिजन सिलिण्डर जस्तो जीवन बचाउने सामग्रीको सहयोग पाउँदा आफुलाई यस्तो दुखद समयमा हौसला मिलेको बताउदै सहयोगको लागि कार्यदललाई धन्यवाद ज्ञापन गरे । उनले आइसोलेसन सेन्टर कोभिड संक्रमित भएकालाई मात्रा नभई अस्पतालबाट डिस्चार्ज भई अक्सिजन चढाउनु पर्ने विरामीहरुलाई पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कोरोना संक्रमितहरुको उपचारार्थ अक्सिजन कन्सन्ट्रेसन मेसिनको महत्वबारे ललितपुर महानगरपालिकाका मेयरबाट सुन्न पाउँदा आपूmलाई प्रफुलित तुल्याएको र ललितपुर महानगरपालिकामा रहेका आईसोलेसन सेन्टरहरुमा उपचारार्थ संक्रमितहरुको उपचारमा अनुभवि र विज्ञ चिकित्सकहरुको उपस्थिती देख्दा निक्कै खुसी लागेको नेपाल राईजीङ्ग नेपाल युएसएका प्रतिनिधि डा. अरबिन जोशीले बताए ।
संक्रमितलाई आवश्यक पर्ने अक्सिजनको आवश्यक्तालाई परिपूर्ति गर्न ३० वटा हाइड्रोजन सिलिण्डरलाई अक्सिजन सिलिण्डरमा परिवर्तन गरि BEFON संस्थाले अक्सिजनको अभावलाई केहीहद सम्म पूर्ति गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३