चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई विभिन्न मेडिकल सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले काठमाडौं क्षेत्र नं ८ का सांसद जीवन राम श्रेष्ठलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान र ईसीजी मेसिन एक थान हस्तान्तरण गरेका हुन् ।
५० बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जना उपचारका क्रममा छन् भने २५ जना कोभिड १९ जितेर स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् । काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।
मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने एक्सरे, ईसीजी, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पीसीआर टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।
यस आइसोलेशनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउदै फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताए । यसअघि पनि यसै फाउण्डेशनलेले ५ थान अक्सिजन कन्सनटे«टर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३