काठमाडौँ – सरसफाईकर्मीहरुको कार्यलाई सरकारले महामारीको अवस्थामा सबैमा विभिन्न महत्वपूर्ण सुविधा अन्तरगत एक महत्वपूर्ण सुविधाको रुपमा उल्लेख गरेको पाईन्छ । सरसफाईकर्मीहरुले प्रथम पङतीमा रहेर कोभिड संक्रमित रहेको घरहरु र सडकका फोहोर व्यवस्थापन गर्दै आएका छन् । कोभिडको महमारीको समयमा यी सरसफाईकर्मीहरु अझै जोखिममा परेको देखिन्छ तर यिनै सरसफाईकर्मीहरुलाई कुनै सरकारी सुविधा उपलब्ध भएको छैन । अझ अनौपचारिक क्षेत्रमा आवद्ध सरफाईकर्मीहरु दिनहु जोखिममा रहेर शहरको स्वच्छताका लागि खटिँदा पनि आफ्नो तलब नपाएको वा कम तलब पाएको गुनासो राख्दछन् ।
यिनै सरसफईकर्मीहरुको देश स्वच्छ राख्ने मेहेनतमा साथ दिन गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा र कोभिड १९ ¥यापिड याक्सन टास्क फोर्सको संयुक्त आयोजनामा २०० सरसफाईकर्मी परिवारहरुलाई खाद्यान्न र स्च्वच्छता सामग्री सहयोग गरेको छ । उक्त सहयोगले करिब १००० अनौपचारिक क्षेत्रका सरसफाईकर्मी र उनका परिवारहरुलाई खाद्यान्न सहयोग पुग्ने क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडाका कोषाध्यक्ष निर्मल न्यौपानेले जानकारी दिए । यसका साथै सरसफईकर्मीहरुका लागि मास्कको सही सदुपयोगका लागि जनचेतनामूलक अभिमुखिकरण पनि दिइयो ।
सरसफाईकर्मीहरु समाजका सरसफाई दुत हुनुहुन्छ भन्दै संविधान सभाका पूर्व साँसद विमल केडियाले सरसफाईकर्मीहरुले सरसफाई क्षेत्रमा पु¥याएको योगदानको सह्राना गरे । जनस्वास्थ्यमा सरसफाईको महत्व सवैले मनन गरी सरफाईकर्मीहरुको कार्यलाई सम्मान गर्नु आवश्यक रहेको कुरा बताउँदै सरसफाईकर्मीहरुको सहकारी स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका लागि केडियाले रु ५१,००० नगद सहयोग हस्तान्तरण गरे ।
महानगरलाई स्वच्छ राख्न सरसफाईकर्मीहरुले गरेको योगदान निक्कै महत्वपूर्ण छ । सिसडोल २/४ दिन बन्द हुँदा हाम्रो नगरको विभिन्न स्थानमा फोहोरको डंगुर थुप्रिएको देखिन्छ । सर्वसाधारणहरु फोहोरका कारण दुर्गन्धित भएको कुरा राख्न वडा कार्यालयमा आउँदछन् । यदि सरसफाईकर्मीहरुले दिनहु सफा नगर्ने हो भने समाजमा विभिन्न रोगहरु फैलने त्रासको वातावरण रहन्थ्यो । त्यसैले सरसफाईकर्मीहरुको कार्यलाई सम्मान दिनु आवश्यक रहेको काठमाडौं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष र कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले बताए ।
प्रत्येक दिन काठमाडौं उपत्यकामा १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने यसको ५०% फोहोर काठमाडौं महानगरपालिकावाट उत्पादन हुने गर्दछ । कोरोनाको महामारीको समयमा संक्रमणको जोखिमको अवस्थामा पनि सरसफाईकर्मीहरुले फोहोर व्यवस्थापनको कार्य नगरेका भए उपत्यकामा फेहोरको डंगुर हुने थियो र अर्को महामारीको सम्भावना हुन सक्थ्यो ।
सरसफाईकर्मीहरुलाई सरकारले स्वास्थ्य सुविधा पनि उपलब्ध गरेको छैन । प्रत्येक दिन मास्क र पन्जा आफ्नै खर्चमा लगाई सरसफाईकर्मीहरुले काम गरिहेका हुन्छन । संक्रमण हुने भन्ने डर एकातिर छ भने काम बन्द भए कहाँबाट कमाउने र के खाने भन्ने चिन्ता अर्को तिर लिएर काम गर्न बाध्य छन् । अहिले सिस्डोल बन्द हुँदा सवै सरसफाईकर्मीहरुमा अर्को चिन्ता बढेको छ । गुथिका प्राविधिक सल्लाकार प्रकाश अमात्यले बताए ।
‘‘फोहोर संकलन गर्दा संक्रमण हुने पो हो कि भन्ने डर सधै रहन्छ ।’’ सफाईकर्मी मायाँ तामाङ्गले भनिन् । उनले गैरसरकारी संस्था मार्फत महामारीको सुरुवातामा सर्जीकल मास्क र पन्जा पाएको तर अहिले सम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो राख्दै अहिले त आर्थिक अभावले बिना मास्क काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।
‘‘अधिकतम सरसफाईकर्मीहरु अनपढ छन् र उनीहरुलाई कुनै एक ठाउँमा काम गरेर जीवीकापोर्जन गर्न पुग्ने तलब पाउदैन । त्यसैले दैनिक २–३ ठाउँमा काम गर्नु पर्दछ । महामारीका कारण लकडाउनले कार्यालय, व्यवसायहरु बन्द भएपछि आयस्रोत पनि बन्द भयो । सडक बर्ढार्ने काम पनि एक महिना काम भए अर्को महिना नपाए पछि मलाई खानाको लागि पनि निकै समस्या भयो । भोकै बाँच्न नस्कने भए पछि ऋण लिएर रासन घरमा ल्याउन बाध्य भए अझै पनि त्यो कर्जा चुक्ता गर्न सकेको छ्रैन’’ स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका अध्यक्ष अन्जु पोडेले भनिन् ।
‘‘सरसफाईकर्मीहरुले दिनहु संक्रमणको सन्त्रास संगै काम गरिरहेका हुन्छन् उनीहरुलाई पनि डाक्टरहरुले प्रयोग गर्ने सुरक्षा सामग्रीको जरुरी भएको कुरा स्वास्थ्य मन्त्रालयलाई राख्दा डाक्टरहरुलाई त अहिले सुरक्षा सामग्री प्रदान गर्न नसक्ने अवस्थामा सरसफाईकर्मीहरुलाई कुनै सहयोग दिन नसकने कुरा भन्नुभयो ।’’ सरसफाई व्यवस्थापन संघ नेपालका पुर्व अध्यक्ष वासु उप्रेतिले भन्ने ।
धेरै समय पछि जिवन सामान्य तर्फ जाँदै गरेको तर सरसफाईकर्मीहरुमा अझै त्रास रहेको गुनासो स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका उपाध्यक्ष रामेश्वर पोखरेलले गरे । कोरोनाको महामारी पनि हामीले सम्पूर्ण सफाईकर्मीहरुलाई काममा राख्न थालेको थियौ तर फेरी यो वर्षातका कारण सिस्डोल ल्याण्डफिल बन्द भएपछि पूर्ण सरसफाईकर्मीमा काम नपाउने डर भएको छ र हाम्रो कम्पनीले पनि काम नभई तलब दिने क्षमता हाम्रो छैन ।
सार्वजनिक शौचालयमा काम गर्दै आएका परमा देउलाले लकडाउनको समयमा शौचालय संचालन गर्न सकिएन भने आज खुकुलो भइसकेपछिको आवस्थामा पनि शौचालय प्रयोगकर्ताबाट संकलित शुल्कबाट यसको व्यवस्थापन र संचालन गर्न नै गाहे भएको उनले बताए ।
सडक बढारेर जीवीकोपार्जन गर्दै आएका अनौपचारिक सरसफाईकर्मी कल्पना थापाले अब त लकडाउन खुल्यो कोरोना हट्यो भन्ने सोचेको तर सिस्डोल बन्द भए पछि फेरि हाम्रो काम समय समयमा बन्द भएको छ । कोरोनाको समयमा संक्रमण हुने डर र काम जाने डर थियो । अहिले पनि हामी जस्ता सरसफाई क्षेत्रमा कार्यरत कामदारहरुको काम खोसिएलाकी भन्ने डर सधै रहिरहन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३