काठमाडौँ – नेपाल सम्वत ११४२ को उपलक्षमा ङत तुलाधर समितिको आयोजनामा शुभकामना आदान प्रदान न्यत तुलाधर त्वाःछेँ बुरांखेलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्वाथचो कवःका वयोवृद्धा लक्ष्मी नानी तुलाधरलाई प्रेमलता स्मृति पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिए । यसैगरी वयोवृद्धा माणिक लक्ष्मी तुलाधर पनि सम्मान गरिएको छ । वयोवृद्धा माणिक लक्ष्मी तुलाधरलाई संरक्षक पदमधर तुलाधरले दोसल्लां ओडाएका थिए भने समितिका कावा अध्यक्ष भाईराजा तुलाधरले सम्मान प्रत्र प्रदान गरेका थिए । यसैगरी उक्त अवसरमा कक्षा १ देखि स्नातकोत्तरसम्मका करीव ५० विद्यार्थीहरुलाई मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।
समितिका सचिव पूर्णरत्न तुलाधरले स्वागत मन्तव दिइ संचालन भएको उक्त कार्यक्रममा न्यत तुलाधर समिति महिला समूहको प्रकाशन न्हायकं पत्रिकाको नयाँ अंकको पनि विमोचन गरिएको छ । उक्त पत्रिका समितिका संरक्षक पदमधर तुलाधर, कावा अध्यक्ष भाईराजा तुलाधर र वयोवृद्धा माणिक लक्ष्मी तुलाधरले संयुक्र रुपमा रहेका छन् । यसैगरी समितिया कावा अध्यक्ष भाईराजा तुलाधर,समितिका संरक्षक पदमधर तु्लाधर, सल्लाहकार अमर काजी तुलाधर, वयोवृद्धा माणिक लक्ष्मी तुलाधर लगायतले नेपाल सम्वत ११४२ नयाँ वर्षको स्वयम्भू धर्मधातु महाचैत्यको चित्र अंकित क्यालेण्डर पनि विमोचन गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७