Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर

२८ मिनेट अघि
२

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
३

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
४

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
५

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
६

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
७

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
८

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
९

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
१०

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
११

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
१२

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ माघ ८, शनिबार (१ साल अघि)

  • ५८९ पटक पढिएको
  • विनोद ढुंगाना, तनहुँ – काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने सोच र सोख दुवै थिएन ।  काठमाडौँको खाल्टोमा उनी रमाइरहेका थिए । तर जम्दै गरेको उनको व्यवसायमा कोरोना कहर बाधा बनिदियो ।

    पहिलो चरणमा कोरोना रोकथामका लागि भएको लकडाउन देश ठप्प भयो । डेरी पसल भएकाले दुई घन्टा त खोल्न पाउँथे सुनिलकुमारले, तर व्यापार दैनिक खस्किँदो थ्यो । व्यापार यतिसम्म भद्रगोल भएछ कि भाडा तिर्न पनि धौ धौ भयो उनलाई । ‘एकैदिनमा हुने लाखको व्यापार हजारमा झर्‍यो । तैपनि आशा थियो पहिलेको जस्तै व्यापार होला भनेर । फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । व्यापार त झनै चौपट हुने लक्षण देखियो । दोस्रो लहरको कोरोना सुरु हुँदै गर्दा अन्य लहरको पनि चेतावनी आइसकेको थियो’, उनी सम्झन्छन् ।

    दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू । सुरुमा उनलाई टर्की पाल्ने रहर जागेछ । भिडियो हेर्दा हेर्दै उनलाई टर्की पालनको रहर फेरिएर कालिज पालनको जागेछ । जुनबेला राजधानी सहर काठमाडौँमा कोरोनाको जगजगीले एकातिर व्यापार खस्किरहेको थियो । अर्कोतिर कोरोनाले ज्यानै लिन्छ कि भन्ने पिरलो ! र पो उनले निधो गरेछन् कोरोनाको जगजगीमा उकुसमुकुस भएर बाँच्नु भन्दा गाउँ फर्किएर पुर्ख्याैली थलोमा कालिज पाल्ने । जहाँ खुलेर बाँच्न पाइने, कालिज पाल्न जागेको उनको रहर पूरा पनि हुने ।

    तनहुँको बन्दीपुर गाउँपालिका-४ लोहीपाखा लालपूर्ण बस्तीमा रहेको गाउँको जग्गा बेच्ने तरखरमा थिए सुनिलका बुबा कृष्णकुमार । एक्लो छोरा काठमाडौँ छाडेर गाउँ नफर्केने संकेतले बुढेसकालमा पुर्ख्याैली थलो बेचेर काठमाडौँ परिवारसँगै बस्नलाई कृष्णकुमारले जग्गा बेच्न खोज्दै थिए । त्यही बेला छोरा सुनिलले भनेछन्, ‘जग्गा नबेचौँ बुवा । म गाउँको जग्गामा कालिज पाल्छु ।’

    गत वैशाखमा काठमाडौँको दुईमध्ये एउटा डेरी बिक्री गरेर राजधानीमा रमाइरहेका श्रेष्ठ गाउँ फर्किए । पुर्ख्याैली थलोमा उनले कालिज पाल्ने संरचना बनाउन थाले । वैशाखमा उनले दुई हजार कालिजका चल्ला ल्याएर हुर्काउन थाले । काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजाेआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।

    बिहान झिसमिसेदेखी साँझ अबेरसम्म कृष्णको ज्ञान एकीकृत कृषि फार्म प्रालिमा हुर्किएका कालिजसँगै हुन्छन् उनी ।  कहिले मकैको दाना दिन्छन् त कहिले बारीबाट काटेर ल्याएको घाँस कालिजलाई चारो बनाएर खुवाउँछन् । बेलामौकामा आफूले पालेकोे कालिज हेर्न आएकासँग आफ्नो अनभुव बाँड्दै गरेको भेटिन्छन् उनी । कहिलेकाहीँ ग्राहकलाई कालिज जोखेर बिक्री गर्दै हुन्छन् । हुर्किएर बेच्ने बेला भएका कालिजसँगै उनले देखेको सपनाले पनि आकार लिन थाल्दैछ विस्तारै ।

    पृथ्वी राजमार्गबाट झन्डै तीन सय मिटर माथिपट्टि रहेको भिरालो जग्गा सम्याएर सुनिलले कालिज पालन थालेका छन् । राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक, जग्गा सम्याउने, कालिजका पाल्ने ठाउँमा तारबार गर्ने, घर बनाउने र रेष्टुरेन्ट सञ्चालन गर्नलाई उनले डेढ करोड रुपैयाँ लगानी गरेको बताए । फार्ममा पालिएको कालिज दशैँदेखि बिक्री गर्न थालेको उनी बताउँछन् । भाले कलिजलाई प्रतिगोटा तीन हजार रुपैयाँका दरले धमाधम बिक्री भइरहेको छ । दशैँयता चार सय कालिज बिक्री भइसकेको उनले जनाए । ‘पोथी पाल्न लानेलाई मात्रै बेच्छौँ । नत्र बेचेको छैन । पोथीलाई यहीँ राखेर अब चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ’, उनले सुनाए ।

    कालिजको बजार विस्तार भइरहेको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, ‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्‍याई तेहेर्‍याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’ कालिज फार्मसँगै रेष्टुरेन्ट पनि चलाइरहेकाले उनलाई बजार नै नपाउने समस्या भने छैन ।

    उनको फार्म हेर्न र कालिजको स्वाद चाख्नलाई तनहुँको डुम्रे, बन्दीपुर, आँबुखैरेनी दमौली र  गोरखाको पालुङटारबाट बढी आउँछन् । ‘कहिलेकाहीँ पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू पनि बोर्ड देखेर आउनुहुन्छ’, उनले भने । कालिज पालनलाई विस्तार गर्दै उनले फार्म परिसरमा पिकनिक स्पट र फनपार्कको योजना बनाएको बताउँछन् ।

    वैशाखयता गाउँमा आएर कालिज पालन थालेपछि अथाह सन्तुष्टि मिलेको छ उनलाई । ‘पहिला उता काठमाडौँको रमझममा हराएको थिएँ । यहाँ आएर कालिज पाल्न थालेपछि थाहा भो वास्तविक खुसी त गाउँमा पो रहेछ । जसले गर्दा मेरो पहिचान पनि बनेको छ’, उनले भने ।

    सुनिकुमारलाई मिलेको सन्तुष्टिभन्दा बढी बुवा कृष्णकुमारलाई खुसी मिलेको छ । किनकि कृष्णकुमार पहिल्यैदेखि कृषि कर्ममा रमाइरहेका थिए । तीन सय रोपनी जग्गामा उनले एभोकाडो, लप्सी र लिची लगाएका थिए । सोचे जस्तो फल भने पाएका थिएनन् उनले । बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पाल्न थालेपछि आफ्नो कर्मलाई छोराले पनि पछ्याएको महसुस गरेको बताउँछन् ।

    उनी भन्छन्, ‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग  परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’ उत्पादनमा लाग्नु भनेको देशलाई समृद्धि दिशामा लैजान सघाउनु हो कृष्णकुमारको बुझाइमा ।

  • सम्भव नेपाल मै छ
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल
    हरप्रहर

    खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल

  • नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन
    सम्भव नेपाल मै छ

    नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन

  • एरोसानको अत्याधुनिक शौचालय अवलोकन गर्न बंगलादेशी टोली नेपालमा
    हरप्रहर

    एरोसानको अत्याधुनिक शौचालय अवलोकन गर्न बंगलादेशी टोली नेपालमा

  • औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी
    हरप्रहर

    औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

  • ताजा खबर
  • १

    ३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
    २८ मिनेट अघि

  • २

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १८ घण्टा अघि

  • ३

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    १ दिन अघि

  • ४

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ५

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution