ललितपुर – नेकपा (एकीकृत समाजवादी) को महालक्ष्मी नगरपालिका ४ नम्बर वडा कमिटि गठन भएको छ । वडा कमिटि गठनसँगै युवा संघ नेपाल महालक्ष्मी नगर कमिटि, युवा संघ नेपाल ४ नम्बर वडा कमिटि र अनेम संघ ४ नम्बर वडा कमिटिको पनि गठन भएको छ ।
वडा नम्बर ४ कमिटिको अध्यक्षमा उत्तम रोक्कासहित ६४ सदस्यीय कमिटिको गठन गरिएको छ । उपाध्यक्षमा सृजना खड्का र दिपेन्द्र कुमार भण्डारी, सचिवमा नरदिप घिमिरे, सह-सचिवमा विराज विक्रम सिलवाल र आर्थिक विभाग प्रमुखमा श्रीकृष्ण केसी रहेका छन् ।
युवा संघ नेपाल महालक्ष्मी नगर कमिटिमा अध्यक्ष अभिषेक राउतसहित ३० सदस्यीय कमिटि गठन गरिएको छ । उपाध्यक्षमा मुकेश श्रेष्ठ र निकेश खत्री, सचिवमा रेणुका सापकोटा, सह-सचिवमा बिबेक सुवेदी खत्री र जगत श्रेष्ठ रहेका छन् ।
युवा संघ नेपाल ४ नम्बर वडा कमिटिमा अध्यक्ष नविन राउतसहित ११ सदस्यीय कमिटि गठन गरिएको छ । अपाध्यक्षमा सुरज केसी, सचिवमा रन्जु भुषाल, सह-सचिवमा सन्तोष खड्का र आर्थिक विभाग प्रमुखमा विजय थापा मगर रहेका छन् ।
अखिल नेपाल महिला संघ ४ नम्बर वडा कमिटिमा निमर्ला थापा मगरसहित १६ सदस्यीय कमिटि गठन गरिएको छ । उपाध्यक्षमा गौरी बस्नेत, सचिवमा संगीता अधिकारी, सह-सचिवमा सानी थापा, आर्थिक विभाग प्रमुखमा रामशोभा भण्डारी रहेका छन् ।
कार्यक्रममा नेकपा (एस) का सचिव तथा संघीय साम्सद जिवन राम श्रेष्ठ, बाग्मती प्रदेश साम्सद माधव पौडेल, नेकपा (एस) पोलिटब्यूरो सदस्य दिलु पन्त, नेकपा (एस) ललितपुर अध्यक्ष हरी कृष्ण थापा, महालक्ष्मी नगरपालिकाकी उप – मेयर निर्मला थापालगायतको उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७