मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१ नेकपा एमालेका सक्रिय नेता उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।
केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्ध भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्ध भएको हुँ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेदवार रहेका न्यौपानेले आफू तत्कालीन एमालेभित्रकै घातका कारण पराजित हुनु परेको बताउँदै आएका छन् । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३