ललितपुर – नेकपा एमाले ललितपुर महानगर कमिटीले ललितपुर महानगरको मेयरमा हरिकृण व्यञ्जनकारको नाम सर्वसम्मतले सिफारिस गरेको छ । उप–मेयरका लागि भने दुई प्रत्यासीको दाबी रहेका कारण उप–मेयरमा नाम सिफारिस हुन सकेन । उप–मेयरमा सरास्वती खड्का र आस्था शाक्य मञ्जलीको दाबी रहेको छ ।
स्नातकसम्मको अध्ययन गरेकी उप-मेयर प्रत्यासी खड्का ललितपुर महानगर वडा १५ की स्थायी वासिन्दा हुन् । २०४६ साल देखि राजनीतिमा सक्रिय खड्का २०५० सालमा पार्टिको साधरण सदस्यता प्राप्त गरेकी थिइन् । २०४९ देखि २०५५ सालसम्म अखिल नेपाल महिला संघ वडा कमिटीमा आवद्ध हुँदै पार्टीका विभिन्न आन्दोलनमा सक्रियताका साथ सरिक हुँदै आएकी खड्का ललितपुर जिल्ला कमिटी सदस्य हुदैँ हाल बागमती प्रदेश कमिटी सदस्य, अनेम संघको कन्द्रीय सदस्य, पेसागत महासंघको महिला विभाग प्रमुख रहेकी छिन् ।
खड्का पार्टी प्रति इमानदार र सक्रिय रुपमा समर्पित नेतृ रहेको नेकपा एमाले ललितपुरका नेता तथा कार्यकर्ताले स्वीकार गर्छन् । युवा वर्ग र महिलाको प्रतिनिधित्व गर्न सक्ने विशेष क्षमता उनीसँग रहेको पनि नेता कार्यकर्ताहरु बताउँछन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा समेत उप-मेयरको उम्मेदवारमा पक्का भएकी खड्काको चुनावी तलमेलका कारण चुनाव लड्ने चाहना अधुरै रहेको थियो । आसन्न स्थानीय निकायको चुनावमा निर्विकल्प उम्मेदवार खड्का हुदाँहुँदै पनि आन्तरिक चलखेलका कारण अन्य प्रत्यासीहरु खडा गराइएको नाम उल्लेख नगर्ने शर्तमा ललितपुर एमालेका एक नेताले बताए ।
लामो समय देखि युवा संघ नेपालको केन्द्रीय सदस्य रहेर युवा आन्दोलनमा सक्रियताका साथ लागेकै कारण पनि उनलाई युवाहरुको साथ र सहयोग पाउनेमा पूर्ण विश्वास रहेको छ । उप-मेयरको उम्मेदवारको रुपमा पार्टीले प्रस्तुत गरे चुनाव जित्ने बहु-आधारहरु मात्र नभएर उप-मेयरको जिम्मेवारी पनि कुशलतापूर्वक निभाउने क्षमता आफूसँग रहेको उनको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३