काठमाडौं -आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूको घोषणापत्र सार्वजनिक गरेको छ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । मेयरको उम्मेदवार बाँस्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन्। उनी गएको निर्वाचनमा प्रदेश सभातर्फ काठमाडौँ क्षेत्र नं १ ‘क’मा उठेकी थिइन्।
उपमेयरकी उम्मेदवार तुलाधर पनि पार्टीको केन्द्रीय सदस्य हुन् साथै अन्तर्राष्ट्रिय जेसिसको दक्षिण एसियाकै पहिलो नेपाली उपाध्यक्ष हुन्। येसैगरि उदाय् समाज महिला समूहको पूर्व अध्यक्ष पनि हुन्। पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलको रुपमा रुपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरुपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दावी गर्नु भयो ।
घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा: कला-संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिएकाे छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७