नेकपा (एकीकृत समाजवादी) गोदावरी नगर कमिटीले ५ सय जना सदस्य रहेको निर्वाचन परिचालन कमिटीको गठन गरेको छ ।
स्थानीय निकायको चुनावलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी) को गोदावरी नगर कमिटीले ठाकुर घिमिरेको संयोजकत्वमा उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
गठबन्धनको सहमती अनुसार गोदावरी नगरपालिकाको मेयर नेपाली कांग्रेसको पोल्टामा परेको छ भने उप मेयरमा नेकपा एस र नेकपा माओवादी दुवैको दाबी रहदै आएको छ । नेकपा एसले गोदावरी नगरपालिकामा उप मेयर पदका उम्मेदवारको रुपमा चार जनाको नाम सिफारिससमेत गरेको छ । उप मेयरका लागि अन्जल महत, रविन सिलवाल, दिपक घिमिरे र राजन महर्जनको नाम सिफारिस गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३