नेकपा एमाले काठमाडौं क्षेत्र न. ८ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा न. २० मा वडाध्यक्षमा हितकर वीर सिं ताम्राकारका साथै वडा सदस्यमा सरिता मानन्धर, जानुका नेपाली , देबिन्द्र राजभण्डारी र नबिन बहादुर शाक्य ( चिन्तामणी) लाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ ।
२० वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकासको योजनासहित आफु चुनावी मैदानमा उत्रिएको वडाध्यक्ष प्रत्यासी ताम्राकारले बताए ।
वडाध्यक्षमा उम्मेदवारी दिएका ताम्राकार २०४९ साल देखि नेकपा एमालेमा सदस्य भइ विभिन्न सामाजिक संघसंस्थामार्फत सामाजिक गतिविधिमा काम गरेको अनुभव रहेको छ ।
ताम्राकारले निर्वाचन जितेर आउनासाथ २० वडाको सरसफाईका लागि विशेष योजना ल्याउने, २० वडालाई प्रविधिमैत्री बनाउने, वडाबासीको आधारभूत सेवालाई ध्यान दिने जस्तै पानीको उचित व्यवस्थापन गर्ने , वडा क्रियाशील संघसंस्था क्लबका प्रतिनिधि र विज्ञहरुसंग छलफल गरी योजना तर्जुमा गर्ने , २० वडा भित्रका मूर्त सम्पदाको पुनर्निर्माण र जिर्णोद्धार साथै अमूर्त सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि गुरुयोजना नै बनाएर अघि बढ्ने योजना बारे ताम्राकारले हरप्रहर डट कमसँगको कुराकानीमा बताए ।
वडा विकासको लागि आफुसँग छोटो समयमा सम्पन्न गर्ने देखि दीर्घकालीन रुपमा महत्व राख्ने विभिन्न योजनाहरु रहेको ताम्राकारको दाबी छ । ताम्राकारको काष्ठमण्डप पुन: निर्माण समितिका कोषाध्यक्षको भूमिकामा काम गर्दै पुन: निर्माणमा योगदान रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३