काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर १९ मा पनि नेपाली काँग्रेसको प्यानलले नै जित हासिल गरेको छ ।
कामपा वडा १९ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजेश कुमार श्रेष्ठ विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चन्द्र मान मुनिकारलाई ५६० मतले पछाडी पार्दै श्रेष्ठ निर्वाचित भएका हुन् । वडाध्यक्ष पदमा निर्वाचित श्रेष्ठले १ हजार ३०० मत प्राप्त गर्दा मुनिकारले ७४१ मत पाएका थिए ।
यसै गरि वडा सदस्यमा चन्द्र मान डंगोल ,दिनेश मान जोशी र महिला सदस्यमा रेनु कमल शाही निर्वाचित भएका छन् । दलित महिला सदस्य पदमा भने रन्जिता परियार विजयी भएकी छन् ।
वडाध्यक्षमा निर्वाचित श्रेष्ठ हरप्रहरसंग कुराकानी गर्दै वडाको विकासको लागि आफुसँग छोटो समयमा सम्पन्न गर्ने देखि दीर्घकालीन रुपमा महत्व राख्ने विभिन्न योजनाहरुलाई प्राथमिकतामा राख्ने बताउदै समस्त वडाबासीलाई आफनो अमुल्य मत दिएकोमा धन्यबाद दिए । आफ्नो कार्यकालमा १९ वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकास हुने श्रेष्ठले दाबी समेत गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७