वल्र्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ)को आयोजनाया संचालन हुदै आइरहेको ‘डब्लूएनओ दैनिकी प्रसारण (डब्लूडीबी)’ कार्यक्रम पाँच सय एपिसोड पुगेको अवसरमा एक सम्मान कार्यक्रम सम्पन्न् भएको छ । उक्त सम्मान कार्यक्रममा अन्तरवार्ता कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्दै आएका संचारकर्मीहरु विगेन तुलाधर, सिल्भिया राजोपाध्याय, नितु डंगोल र डा. नरेशमान शाक्यलाई सम्मान गरिएको छ ।
डब्लुएनओको फेसबुक पेज मार्फत प्रशारण हुदै आएको डब्लूडीबी कार्यक्रम नेपालबाट विश्वको विभिन्न देशमा गई बसिरहेका विभिन्न पेशामा आवद्ध नेवारहरुलाई निमन्त्रणा गरी अन्तरवार्ता लिइ आइरहेको छ । यहि अवसरमा संचारकर्मी विगेन तुलाधरलाई वल्र्ड नेवार अर्गनाइजेसन (डब्लुएनओ)को मिडिया एम्वासडर भएका कारण पनि संचारकर्मि तुलाधरलाई सम्मान पत्र सोही दिनमा ओमबहालको कःसि किचेनमा पनि दिइएको छ ।
डब्लुएनओले सन् २०२१ जुलाई २९ देखि विश्वभरी नेवार समुदायको विभिन्न पक्षलाई अंगालेर दैनिक रुपमा नेपालको समय अनुसार बेलुका ९ वजे देखि १० बजे सम्म कुराकानीको रुपमा अनलाइन कार्यक्रम संचालन हुंदै आइरहेको छ ।
वल्र्ड नेवार अर्गनाइजेसन (डब्लुएनओ)को आयोजना भएको नेवार समुदायको विशेष प्रकारको खाना योमरी बनाउने प्रतियोगितामा पे्रमहिरा तुलाधर प्रथम, हरिनाथ डंगोल द्धितीय, मोहिनि तुलाधर र शर्मिला तण्डुकार तृतीय भएका छन् । अन्य पाँच प्रतियोगीलाई सन्त्वना पुरस्कार पनि यहि कार्यक्रमको अवसरमा दिइएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३