Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१४ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१४ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

विद्यार्थीको सारथी बन्दै ‘विद्यालय नर्स कार्यक्रम’

सिता सापकोटा ‘सितल’ धादिङ प्रकाशित मिति: २०८० जेष्ठ २९, सोमबार (३ महिना अघि)

  • २५९ पटक पढिएको
  • ‘म महिनावारी हुँदा १२ वर्षकी थिए । स्कुलमै भएको बेला एक्कासी पेट दुख्यो । तल्लो पेट असाध्यै दुख्यो, पिसाव लागेजस्तो भयो । सौचालय जाँदा पिसावसँगै रगत देखेँ । बेस्सरी आत्तिएँ, साथीलाई सुनाएँ । साथीले मिसलाई सोधेछ । मिसले महिनावारी भएको हो नडराउ भनेपछि केही शान्त भएँ । साथीले घर पुर्याइदियो । नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ मावि, कक्षा ८ मा अध्ययनरत प्रशंसा गुरुङ भन्छिन्–‘दुई वर्ष अगाडिको त्यो घटना मेरो लागि जिन्दगीकै अविश्मरणीय छ ।’

    ‘त्यतिबेलासम्म ‘प्याड के हो’ थाहा थिएन । मिसले पनि भन्नुभएन । विद्यालयमै प्याड र दुखाई कम गर्ने औषधी पाएको भए सायद मैले त्यत्ति पीडा सहनु पर्दैन थियो होला’, प्रशंसाको त्यतिबेलाको पीडा अहिले पनि अनुहारमा पनि छर्लङ्गै देखिन्छ । तर, त्यतिबेला प्रशंसाले भोगेको जस्तो पीडा अहिले अरुले भोग्नु परेको छैन ।

    सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम विद्यालयमा सुरुभएसँगै महिनावारी भएको बेला होस् या अन्यकुनै समस्या हुँदा विद्यालय मै पाउने उपचारले सबै खुसी छन् । विद्यालय आएको बेला महिनावारी भयो भने कक्षा छोडेर घर फर्किनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    अहिले नीलकण्ठ माविमा औषधी उपचार गर्ने छुट्टै कोठा छ । एकजना नर्स छ । महिनावारी हुँदा लगाउने प्याड विद्यालयले फ्रि मै उपलब्ध गराउँछ । ‘विद्यालयमा नर्स नहुँदा कति पटक पढाई छोडेर घर जानुपथ्र्याे, साथीहरु पनि त्यसैगरी हिड्थे, तर अहिले भने त्यो समस्या छैन’, प्रशंसाले खुसी सुनाइन् ।

    विद्यार्थीहरुले घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महसुस गर्न थालेका छन् । सामान्य रुघाखोकी लाग्दा समेत कक्षा छोडेर अस्पताल वा घर जानुपर्ने समस्या हडेको कक्षा ८ का आयुष भट्ट बताउँछन् । ‘अतिरिक्त क्रियाकलाप गर्दा कहिलेकाँही चोट लाग्छ, टाउको दुख्छ, मौसमी रुघाखोकी लाग्छ त्यतिबेला घरमा बरु औषधी हुँदैन, विद्यालयमै आएर औषधी खाने गरेका छौं’, आयुष भन्छन्–‘घर भन्दा अहिले त हामीलाई विद्यालय नै सुरक्षित लाग्न थालेको छ ।’

    आर्थिक वर्ष २०७५/०७६ देखि बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम ल्यायो । त्यहि कार्यक्रम अन्तर्गत नीलकण्ठ माविले २०७७/०७८ बाट यो कार्यक्रम सुरु गर्यो । धादिङका ४९ वटा विद्यालयमा यो कार्यक्रम लागु छ ।

    कार्यक्रमबाट विद्यार्थी मात्र होइन शिक्षकहरु पनि सन्तुष्ट छन् । विद्यार्थीको स्वास्थ्य समस्यामा सुधार भई नियमित पठनपाठनमा पनि राम्रो सुधार आएको नीलकण्ठ माध्यमिक विद्यालयकी सामाजिक शिक्षिका नानीमाया कार्की बताउछिन् ।

    बालबालिकालाई मनोसामाजिक समस्या देखिन्थ्यो । रुघाखोकी, मौसमी फ्लु जस्ता समस्याले निकै सताउँथ्यो । कति विद्यार्थी विरामी परेको थाहा नै नभएर विद्यालय छुट्ने गरेको थियो । अहिले त्यस्ता सबै समस्या समाधान भएको कार्की बताउछिन् । उनी भन्छिन्– ‘अहिले विद्यालयमै विद्यार्थीको उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचारपछि उनीहरू पुनः कक्षाकोठामा फर्कन्छन् । अहिले जटिल समस्या देखिएका बालबालिकालाई मात्र घर पठाउने गरेका छौँ ।’

    विद्यालयमा गर्मीका कारण बेहोस हुने, खेल्दा चोटपटक लाग्ने, महिनावारी, टाउको दुख्ने, मौसमी रुघाखोकी आदिको उपचार हुँदै आएको बालमन्दिर विद्यालयका नर्स अनिता गुरुङले बताइन् । ‘अहिले सामान्य समस्यामा उपचार र स्वास्थ्य सम्बन्धी सबैलाई जान्नुपर्ने ज्ञान दिँदै आएकी छु, उनी भन्छिन्–‘किशोरीलाई भने महिनावारीको समयमा धेरै नै सहज भएको छ, दिवा खाजामा हामीले ‘जंक फुड’ को प्रयोगमा नियन्त्रण गरेका छौँ ।’

    विद्यालयले छुट्टै मेडिकल रुम पनि बनाएको छ । नर्सले प्राथमिक उपचार सँगसँगै महिनावारी विशेष शिक्षा, विद्यार्थीको पौष्टिक खाना, बालबालिकाको वृद्धि विकासलगायतमा पनि ध्यान दिएकी छन् । नर्सले महिनावारीका बेला छात्राहरू लजाउने तथा प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान गर्दै आएकी छन् । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने तथा महिनावारी भएका बेला सेनेटरी प्याड निःशुल्क प्रदान गर्दै आएको नर्स गुरुङले जानकारी दिइन् । “विद्यार्थीलाई यौन तथा प्रजनन शिक्षा, पौष्टिक खानेकुरा र स्वास्थ्य रहन अपनाउनुपर्ने शिक्षा पनि दिंँदै आएकी छु”, उनले भनिन् ।

    कार्यक्रम अन्तर्गत यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान पनि गर्दै आएकी छन् । समय समयमा बालबालिकाको स्वास्थ्य जाँच, रक्तचाप जाँच, स्वास्थ्य शिक्षालगायत कार्यका लागि नर्स राखिएको जनाइएको छ ।

    नेत्रावती डबजोङ गाउँपालिकास्थित निरञ्जना माध्यमिक विद्यालयका प्रधानध्यापक विकास थापा मगरले ग्रामीण भेगका विद्यालयमा नर्स कार्यक्रम निकै प्रभावकारी भएको बताउँछन् ।

    आगामी आ.व.मा धादिङका १३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा नर्स कार्यक्रम थप हुने शिक्षा विकास तथा समन्वय एकाइ धादिङका निमित एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले बताए । “विद्यालयका विद्यार्थीमा देखापरेका स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न नर्स विद्यालय कार्यक्रमको भूमिका निकै महत्त्वपूर्ण हुन्छ”, उनले भने ।

    धादिङ जिल्लाभर ५ सय ३८ सामुदायिक र ४८ संस्थागत विद्यालय छन् । हालसम्म एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशका ५ सय १९ विद्यालयमा सञ्चालन भइरहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रवीन भुसालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    हरप्रहर

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

  • पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    हरप्रहर

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

  • संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति
    हरप्रहर

    संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

  • खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल
    हरप्रहर

    खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १४ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १४ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution