Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

हरप्रहर डेस्क रामेछाप प्रकाशित मिति: २०८० आश्विन ९, मंगलबार (१ साल अघि)

  • ६६७ पटक पढिएको
  • खाँडादेवी गाउँपालिकाका रामबहादुर श्रेष्ठ पेसाले शिक्षक हुन् । उनले प्रगतिशील माध्यमिक विद्यालय भीरपानीको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् ।

    विद्यालयमा पठन पाठनमा ध्यान दिएर मात्र पुग्दैन, प्रशासनिक काम पनि गर्नुपर्छ । ती सबै काम गरेपछि बचेको समयलाई श्रेष्ठले कृषि कर्ममा लगाएका छन् ।

    त्यसैले ‘रामबहादुर सर’ को परिचय अब हेडसरमा मात्र सीमित रहेन । उनी व्यावसायिक कृषकका रूपमा पनि स्थापित भएका छन् । व्यावसायिक केरा खेती गर्ने हेडसरको बारी अहिले केराको घारी भएको छ ।

    श्रेष्ठले खाँडादेवी गाउँपालिका–३ स्थित आफ्नो जग्गामा व्यावसायिक रूपमा केरा खेती लगाएका छन् । करिब सात रोपनी जमिनमा स्थानीय जातको केरा लगाएको श्रेष्ठले बताए ।

    रोग, किरा कम लाग्ने भएकोले स्थानीय जातको केरा लगाएको उनले जानकारी दिए । ‘सात रोपनी जमिनमा ५ सय बोट जति स्थानीय जातको केरा छ, मर्चमने, झप्री लगायतका जातका केरा छन्’, श्रेष्ठले भने ।

    यसअघि पनि उनको बारीका कान्लामा अलिअलि केराका बोट थिए । तर गत वर्ष घर माथि पहिरो चल्ने जस्तो भएपछि उनले जग्गा सम्याए र पूरै बारीमा केरा लगाए ।

    ‘डोजर लगाएर जग्गा सम्याएँ, अलिअलि केराका बिरुवा किनेँ, करिब ७०/७५ हजार रुपैँया खर्च भयो, अहिले केराको घारी भएको छ’, उनले भने ।

    श्रेष्ठले केरामात्र लगाएका छैनन् । केरा बारीमै घुसुवा बालीको रूपमा भूइँकटहर पनि लगाएका छन् । ‘यसपालि ३ सय बोट जति भूइँकटहर पनि लगाएको छु, अर्को वर्षबाट फल्छ’, उनले भने ।

    श्रेष्ठले लगाएको केरा अहिले २५ घरी जति पसाएको छ । ‘घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ’, उनले भने ।

    अर्को वर्षबाट भूइँकटहर पनि फल्ने र केरा पनि झाँगिने हुँदा आम्दानी पनि बढ्ने उनको विश्वास छ । कृषिबाट राम्रो आम्दानी हुने बताउँदै कुरा मात्र होइन काम नै गरेर देखाउन आफूले केरा खेती लगाएको श्रेष्ठ बताउँछन् ।

    आफूले लगाएको देखेर छिमेकीहरूले पनि धेरथोर केरा खेती लगाउन लागेका उनले बताए । ‘उहाँहरूले पनि लगाउनुभएको छ, केरा बेचेरै घर खर्च चलाउने हुनुभएको छ’, उनले भने ।

    स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने नारा ल्याएको बताउँदै श्रेष्ठले त्यसलाई व्यवहारमा पनि उतार्न आग्रह गरे । किसानलाई बिरुवा, औषधि, मल लगायतमा अनुदान दिने हो भने यसमा लाग्न किसान प्रोत्साहित हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
    हरप्रहर

    काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

  • खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी
    हरप्रहर

    खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

  • अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)
    हरप्रहर

    अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)

  • गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
    हरप्रहर

    गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution