युवा समाजसेवी राजकमल महर्जन माःक्वाःचा गार्डेनको अध्यक्ष पदमा चयन

ललेन्द्र शाक्य, काठमाडौँ – कीर्तिपुर नगरपालिका २ वडा देवढोका टोलमा रहेको पर्यटकीय रमणीय स्थान माःक्वाःचा गार्डेनको नेतृत्वको जिम्मा कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनले पाएका छन् ।

माःक्वाःचा गार्डेनमा भएको वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको लाागि युवा समाजसेवी राजकमल महर्जनलाई सर्वसम्मतबाट माःक्वाःचा गार्डेनको अध्यक्ष पदमा चयन गरिएको हो ।

यस्तै, उक्त सभाबाट नयाँ कार्यसमितिमा उपाध्यक्ष राजेश महर्जन, सचिव अमन महर्जन, कोषाध्यक्ष विक्रम महर्जनका साथै सदस्यहरु महेश महर्जन, राजकिरण महर्जन, सचिन महर्जन, सुजन महर्जनका साथै राजभाई महर्जन सर्वसम्मतबाट चयन भएका छन् ।

कीर्तिपुर २ वडा देवढोका टोलका युवाहरुद्वारा संचालित करिब १३ रोपनी जग्गा ओगटेको माःक्वाःचा गार्डेनबाट चन्द्रागिरी नगरपालिका १५ वडा नैकाप जोडिएको झोलुंगे पुल निर्माण भइसकेको छ भने उक्त माःक्वाःचा परिसरमा विभिन्न आकर्षक पार्कहरु पनि निर्माण भइसकेको छ । यस्तै, चिल्ड्रेन पार्क पनि निर्माण भइसकेको छ भने आन्तरिक एवं वाह्य पर्यटकहरुको लागि नेवाः परिकारको रेष्टुरेन्ट पनि संचालित छन् ।

माःक्वाःचा गार्डेनमा अध्यक्ष पदमा बसिसकेपछि नयाँ अध्यक्ष राजकमल महर्जनले माःक्वाःचा गार्डेनलाई अझ रमणीय एवं आकर्षक पर्यटकीय स्थल बनाउनको निम्ति विभिन्न सोंच एवं योजनाहरु भएको कुरा राख्नुहुँदै त्यसको निम्ति सम्बन्धित विज्ञहरुसंग परामर्श गरी माःक्वाःचा गोर्डेनको स्तरोन्नति तथा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नव अध्यक्ष राजकमल महर्जनले माःक्वाःचा गार्डेनको नेवाः परिकारयुक्त रेष्टुरेन्टलाई व्यवस्थित एवं गुणस्तरीय बनाउनको निम्ति नौलो सोंचबाट पाइला चालिने र रेष्टुरेन्टका अतिथि वर्गकासाथ गार्डेनमा आउने पर्यटकहरुलाई अझ बढी आकर्षित गर्ने एवं गार्डेनका विभिन्न स्थानहरु स्वच्छ एवं सुन्दर बनाउनको निम्ति आफूले सक्दो प्रयास गर्ने जानकारी पनि दिए ।

कीर्तिपुर २ वडाका विभिन्न स्थानमा माःक्वाःचा गार्डेनका नयाँ अध्यक्ष युवा समाजसेवी राजकमल महर्जनको प्रयासबाट विकास निर्माणदेखि सांस्कृतिक जगेर्णाका सम्पदा पुनःनिर्माण एवं विभिन्न कार्यक्रमहरु भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार